राष्ट्रिय जनगणना २०७८ मा अन्यलिङ्गीको प्रावधान सम्बन्धी नागरिक समाजको मागपत्र

राष्ट्रिय जनगणना २०७८ मा अन्यलिङ्गीको प्रावधान सम्बन्धी नागरिक समाजको मागपत्र

Started
May 21, 2021
Petition to
केन्द्रिय तथ्याङ्क विभाग and
Petition Closed
This petition had 122 supporters

Why this petition matters

Started by Queer Youth Group

नेपाल संवत् ११४१ तछला ७
२०७८ जेठ १०
2021 May 24 

यस वर्ष हुन लागेको राष्ट्रिय जनगणना २०७८ मा केन्द्रिय तथ्याङ्क विभागले जनगणनाको प्रश्नावलीमा एउटा प्रश्नमा 'महिला, पुरुष र अन्यलिङ्गी' गरि तीनवटा विधाहरू राखेका छन् । उक्त प्रश्नावलीहरूमा धेरै प्रश्नहरू छन् जसमा लैङ्गिक वर्गिकरण सहितको तथ्याङ्क संकलन गरिनेछ, तर 'अक्सर बसोबास गर्ने व्यक्तिहरूको संख्या'मा बाहेक अरु सबै प्रश्नहरूमा केवल महिला र पुरुष मात्र उल्लेख भएको छ । 

कुनै व्यक्तिको लैङ्गिक पहिचानलाई अन्यकरण गर्ने 'अन्यलिङ्गी' शब्दावली अपशब्द एवं विभेदकारी शब्दावली हो । नेपालमा महिला र पुरुष बाहेक गैर-द्वयसांखिक (Non-Binary) र तेस्रोलिङ्गी (Third Gender) भनि पहिचान गर्ने व्यक्तिहरू छन् । 

यसका साथै केन्द्रिय तथ्याङ्क विभागले 'अन्यलिङ्गी'को परिभाषा Lesbian, Gay, Bisexual, Transgender and Intersex (LGBTI) भनेर उल्लेख गरेका छन् जुन नितान्त गलत परिभाषा हो । Lesbian, Gay र Bisexual (समयौनिक तथा द्वियौनिक व्यक्तिहरू) त लैङ्गिक पहिचान पनि होइनन् । Transgender (पारलैङ्गिक) महिलाहरू महिला र Transgender पुरुषहरू पुरुष हुन् । Intersex (अन्तरलिङ्गी) हुनु यौन विशेषता हो र अन्तरलिङ्गी व्यक्तिहरूको लैङ्गिक पहिचान महिला, पुरुष वा गैर-द्वयसांखिक हुन सक्छ । 

जनगणना जस्तो राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वको विषयमा यस्तो त्रुटीपूर्ण परिभाषा उल्लेख हुनाले नेपालको जनगणनाले मिथ्याङ्क मात्र सृजना गर्न नभएर राज्य एवं समाजलाई समेत दिगभ्रमित पार्नेछ । विभागको यस्तो त्रुटीपूर्ण कार्यले दीर्घकालीन रूपमा हाम्रो जनसमुदायलाई अत्यन्तै प्रतिकूल असर पुर्याउने र हाम्रो आन्दोलनलाई नै प्रतिगमन तर्फ धकेल्ने भएको छ । यी शब्दावलीहरूलाई सामान्य गुगल मात्र गरेपनि यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता तीन फरक-फरक विषयहरू हुन् भन्ने जानकारी पाउन सक्ने अवस्थामा तथ्याङ्क विभाग जस्तो निकायले यस्तो त्रुटीपूर्ण परिभाषा जारी गरेपछि नेपाल सरकार नै विश्वमा खिल्लिको पात्र समेत बन्न पुग्ने अवस्था छ । जुन विषय लैङ्गिकता नै होइन, त्यसलाई लैङ्गिकता अन्तर्गत मिसाएर गणना गर्नु र जो वर्ग आफूलाई महिला र पुरुष भनि नै पहिचान गर्छन् उनीहरूलाई समेत महिला र पुरुष बाहेकको व्यक्तिहरू भनि गणना गर्नाले राष्ट्रिय र विश्वव्यापी रूपमा नै यस जनगणना बारे ठूलो प्रश्न चिन्ह उठ्न सक्छ ।

तसर्थ हामी केन्द्रिय तथ्याङ्क विभागलाई यो त्रुटी यथाशीघ्र सच्याउन देहायका मागहरू राख्दछौँ ।

हाम्रो माग :

१) जनगणनाको प्रश्नावलीमा एउटा प्रश्नमा मात्र महिला र पुरुष बाहेकको लैङ्गिक वर्गिकरण उल्लेख गरिएको छ । लैङ्गिक वर्गिकरण सहित तथ्याङ्क संकलन हुने सबै प्रश्नहरूमा महिला र पुरुषका साथै 'गैर-द्वयसांखिक र तेस्रोलिङ्गी' विधा समावेश गरिपाउँ ।

२) राष्ट्रिय जनगणना २०७८ को प्रश्नावलीमा उल्लेख प्रश्न ४.४ 'अक्सर बसोबास गर्ने व्यक्ति' अन्तर्गत प्रयुक्त 'अन्यलिङ्गी' शब्द एवं लैङ्गिक समानता तथा सामाजिक समावेशी सन्दर्भ पुस्तिका भाग ३ को ३.२ मा उल्लेख भएको 'अन्यलिङ्गी'को परिभाषा त्रुटीपूर्ण भएकाले यस परिभाषालाई सच्याइ 'गैर-द्वयसांखिक र तेस्रोलिङ्गी' शब्दावलीको प्रयोग गरि उक्त शब्दावलीलाई 'महिला र पुरुष बाहेकका लैङ्गिक पहिचान भएका व्यक्ति' भनि परिभाषित गरिपाउँ ।

३) यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता (SOGIESC) सहितको तथ्याङ्कका राष्ट्रिय जनगणना २०७८ सम्पन्न भएको ५ वर्ष भित्र देहायका व्यवस्था सहित छुट्टै सर्वेक्षण गरिपाउँ :-

(क) यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता तीन फरक फरक विषय भएकाले तीन फरक फरक महलमा उल्लेख गरि तथ्याङ्क संकलन गर्ने ।

(ख) यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता एवं यसका विविधतासँग सम्बन्धित शब्दावलीहरू तथा तिनका परिभाषाहरू सूचिकृत गर्ने । (सन्दर्भका लागि शब्दावली तथा परिभाषा सहितको पुस्तक समावेश)

(ग) यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको तथ्याङ्क संकलनको लागि उचित, समावेशी, पहुँचयुक्त, मैत्रीपूर्ण एवं संवेदनशील विधि अपनाउनु पर्ने ।

(घ) तथ्याङ्क संकलमा वैयक्तिक गोपनीयता, सुरक्षा र संरक्षण सुनिश्चित गर्नका लागि नीतिगत व्यवस्था गर्ने ।

(ङ) यस सर्वेक्षणका लागि यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता अधिकार सम्बन्धी कार्यरत संघ संस्था र नागरिक समाजसँग सहभागितामूलक प्रक्रिया अवलम्बन गर्ने ।

(च) यस सर्वेक्षणका लागि अन्य देशहरूमा भएका सकरात्मक अभ्यासहरूको अध्ययन गरि अवलम्बन गर्ने । 

अभियानको सबै विवरण यता पाइन्छ : https://nepalcfc.org/census-sogiesc-nep/


थप अध्ययन सामाग्री :

१) यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा
https://nepalcfc.org/basic_sogiesc_nepali/

२) लैङ्गिक पहिचानको अधिकार सम्बन्धी सन् २०२० का मागपत्रहरू
https://nepalcfc.org/demandsheetbook-nep/

३) गृह मन्त्रालयको अन्यलिङ्गी निर्देशिका: मानव अधिकारको हनन
https://nepalcfc.org/anyalingi_complaint/

४) Sexual Orientation Gender Identity and Sex Characteristics in International Human Rights Law, Second Edition, Born Free & Equal, पाना 5 & 6. 
https://www.ohchr.org/Documents/Publications/Born_Free_and_Equal_WEB.pdf

५) FAQ on Health and Sexual Diversity, World Health Organization 
https://www.who.int/gender-equity-rights/news/20160517-faq-on-health-and-sexual-diversity.pdf

६) UN Transgender Fact Sheet 
https://www.unfe.org/wp-content/uploads/2017/05/UNFE-Transgender.pdf

७) UN Intersex Fact Sheet
https://www.unfe.org/wp-content/uploads/2017/05/UNFE-Intersex.pdf

८) UN Bisexual Fact Sheet 
https://www.unfe.org/wp-content/uploads/2018/09/Bisexual_Facsheet_English.pdf

९) The Yogyakarta Principles 
https://yogyakartaprinciples.org/

१०) Gender, sex, variations of sex characteristics, and sexual identity, New Zealand Census 
https://www.stats.govt.nz/reports/gender-sex-variations-of-sex-characteristics-and-sexual-identity

११) Guide to collecting gender, sex, and variations of sex characteristics data, New Zealand Census 
https://www.stats.govt.nz/assets/Uploads/Methods/Statistical-standard-for-gender-sex-and-variations-of-sex-characteristics/Download-data/Guide-to-collecting-gender-sex-and-variations-of-sex-characteristics-data.pdf

१२) Statistical standard for gender, sex, and variations of sex characteristics New Zealand Census 
https://www.stats.govt.nz/assets/Uploads/Methods/Statistical-standard-for-gender-sex-and-variations-of-sex-characteristics/Download-data/Statistical-standard-for-gender-sex-and-variations-of-sex-characteristics.pdf

१३) Sexual orientation (framework), Stats New Zealand 
http://aria.stats.govt.nz/aria/?_ga=2.125378506.1799716139.1621066545-1426559762.1621066545#StandardView:uri=http://stats.govt.nz/cms/StatisticalStandard/aKorJMR9ZIDv3lub

१४) In Depth Review of Measuring Gender Identity, United Nations Economic Commission for Europe 
https://unece.org/sites/default/files/2021-01/In-depth%20review%20of%20Measuring%20Gender%20Identity%20for%20bureau.pdf

१५) Data collection in relation to LGBTI People, European Commission https://ec.europa.eu/newsroom/just/redirection/document/45790

१६) Guidance for questions on sex, gender identity and sexual orientation for the 2019 Census Rehearsal for the 2021 Census, UK Census 
https://www.ons.gov.uk/census/censustransformationprogramme/questiondevelopment/genderidentity/guidanceforquestionsonsexgenderidentityandsexualorientationforthe2019censusrehearsalforthe2021census

१७) Scotland’s Census 2021 Sex and Gender Identity Topic Report 
https://www.scotlandscensus.gov.uk/documents/sex-and-gender-identity-topic-report/

Petition Closed

This petition had 122 supporters

Share this petition

Share this petition in person or use the QR code for your own material.Download QR Code

Decision Makers

  • केन्द्रिय तथ्याङ्क विभाग
  • राष्ट्रिय योजना आयोग
  • मन्त्रीपरिषद्
  • राष्ट्रिय मानव अधिकार आयोग